आइतवार विराटनगरमा मोरडको बुढीगंगा गाउँपालिका वार्ड नं १ खदरा खोला र सिँघिया नदीको प्रभावित क्षेत्रमा बस्ने बासिन्दाहरुले पत्रकार सम्मेलन गरेर संघर्षको कार्यक्रम घोषणा गरे । बुढीगंगा १ स्थित टंकीचौक पुर्व निजी जमिनमा बषौदेखी जम्मा हुदै आएको बाढी पालिकाले एकलौटी विना सडक निर्माण गहिरो र चौडा नाला खनेर दुई किलोमिटर पुर्वमा रहेको खदरा खोला मार्फत सिँघिया नदीमा मिसाउन लागेको छ । त्यसो गर्दा प्रभावित क्षेत्रमा बसोवास गर्ने सयौ घरपरिवार डुबान र कटानको जोखिमले उठीबास लाग्नसक्ने भएकोले त्यो कार्य बन्द गर्नुपर्ने स्थानियको माग छ । पालिकाले एकलौटी उपभोक्त्ता समिति निर्माण गरेर निजी उद्योगहरुको लगानी लिएर विना सरकारी अध्यन पुर्व उत्तर हुदै गहिरो चौडा नाला मार्फत बाढी खोलामा मिसाउँदा विपदको जोखिम उच्च हुने र सयौ घरपरिवार मारपर्ने दाबी स्थानियको छ ।
सबैलाई जानकारी छ । भारतीय लगानीमा स्थापना भएको टिना र डण्डी उद्योग ‘आरती स्ट्रिपले’ गर्दा बषौदेखी उत्तर र पश्चितर्फ बसोवास गर्ने बासिन्दाहरु डुवानमा पर्दै आएका छन । आरतीकै कारण कतिपय उद्योगहरु समेत डुबानमा पर्छन । झण्डै पाँचसय कामदार कर्मचारी कार्यरत उक्त्त उद्योगमा बषौदेखी प्राय सबै भारतबाट आएकै नागरिकहरु रोजगार छन । सय पचास जना नेपालीहरुलाई देखाउनका लागि मात्र राखिएको छ । श्रमऐन अनुसार कामदार कहिल्यै प्रतिस्पथापन गर्दैनन । आरतीले उत्पादन गर्दै आएका कर्कतपाता र डण्डीपनि ८० प्रतिशत बढी भारतमै लानेगर्छ । तेस्रो मुलुकबाट कच्चा पर्दाथ ल्याएर सस्तो कर र श्रमका लागि कम लगानीमा उत्पादन गर्न भारतको भुषणग्रुपले यो उद्योग खोलेको हो । यसले राज्यलाई दिने नाफा मानेको भन्सार राजस्व मात्र हो । बाँकी फाइदा भनेको दलका ठूला सना नेता कार्यकर्ताहरुले पाउनेगरेका छन । जवसम्म आरती उद्योगको बषौदेखी बन्द गर्दै आएको पानीको निकास हुदैन तवसम्म बुढीगंगामा डुवानको समस्या पनि यथवात रहनेछ ।
तर यतातिर सोच्दै नसोची र दिगो योजना बनाएर कार्यान्वयन गराउन चासो नै नदिइ पालिकाले निजी जग्गा उकास गराउन दुयृ किमी पश्चिमको बाढी खदरामा झारेर सिँघियामा मिसाउन लागेकोले विरोधमा उत्रनुपरेको प्रभावित क्षेत्रका बासिन्दाको भनाइ छ । उनीहरुका अनुसार हरेक बर्ष सिँघिया खोलामा आउने बाढीको कटान र डुबानको जोखिमले गर्दा दजनौ घर परिवार विस्थापित र सयौ घरपरिवार जोखिममा पर्दैै आएका छन । अझ नियोजित रुपमै बाढी मिसिएमा बुढीगंगाका मात्र नभएर विराटगर महानगरपालिका १९ र १ अनि कटहरी र जहदा गाउँपालिकामा बसोवास गर्ने प्रभावित क्षेत्रका बासिन्दाहरु समेत उच्च जोखिममा पर्नै उनीहरुको दाबी छ । यसैले पालिकालाई ध्याआर्कषण गरेर सूचना सार्वजनिक गर्न माग गर्दा पनि निर्धानिमुखा भनेर वेवास्ता गरेकोले निर्माण स्थलमै धर्ना बस्न बाध्य हुने र कुनै अप्रिय घटना भएमा सोको जिम्मेवार पालिका नै हुनुपर्ने उनीहरुले चेतावनी पनि दिएका छन विना सरकारी योजना खदरा र सिँघियामा बाढी मिसाउने अपारदर्शी निर्माण कार्य तुरुन्त बन्द गर्नुपर्ने ।खदरा र सिँघिया खोलामा दिगो तटबन्ध गरिनुपर्ने । गाउँपालिकाको एकलौटी अपारदर्शी कार्य मान्य नहुने । सरकारी योजना सहितको डिपिआर, वतावरणीय प्रभाव मुल्याडकन प्रतिवेदन , पालिका परिषद अनि उपभोक्त्ता समितिको निर्णय सार्वजनिक सबै सार्वजनिक गर्नुपर्ने उनीरुको माग छ । यसवारे प्रशासन र अन्य पालिकाहरुलाइ ृपनि जानकारी गराइसकेको उनीहरुले बताएका छन ।
बुढीगंगा पालिका १ टंकीको बाढी निकासको समस्या विभिन्न आम सञ्चार माध्यममार्फत बाहिर आइरहेका छन । यसैले प्रभावित क्षेत्रका बासिन्दाको विरोधबारे नकारात्मक टिकाटिप्पणी पनि भैरहेका छन । उक्त्त अपारदर्शी निकासबाट फाइदा पुग्गे केही स्थानिय , जग्गा धनी र व्यवसायी अनि पालिकाका जनप्रतिनिधिहरुले विकास विरोधी भन्दै जसरी पनि बाढी मिसाएरै छाडने बताइरहेका छन । कतिसम्म भने ध्यानआर्कषण गराउन २१ पुसमा १ नम्बर वडा कार्यालयमा पुगेका प्रभावितहरुलाई अध्यक्ष सोमराज काफलेले ‘खोलाले बगाउने र बाढी डुबाउने ठाउँमा घर बनाएर किन बसेको ? जेसुकै गर जहाँसुकै जाउँ हामी बाढी खोलामा मिसाएरै छाडछौ ’ भनेपछि निक्कै चर्काचर्की नै परेको थियो । २३ पुसमा प्रभावितहरुको टोलीलाई पालिका अध्यक्ष जितनारायण थापाले पनि दिगो बाढी निकासको योजना र विकल्प बुझाउनुको साटो बषौदेखी दश विगाहा भन्दा बढी निजी जग्गा डुबानमा परेको र बल्ल बल्ल सुर्य नेपालसँग नेता मार्फत ६० लाख जुटाउन लगाएर बाढी दुई किलोमिटर खोलमा पुरयाएर जग्गा उकास गराउन लागेकोले विकासको विरोध नगर्न आग्रह गरे । उनले प्रभावितहरुको उपदको समस्यालाई बेवास्ता गर्दै सहयोग हैन असहयो गर्ने नै निष्कर्ष सुनाए ।
यता प्रभावित बासिन्दाहरुले चाँही किन अयोग्य जमिनलाई पालिकाले बसोवास योग्य भनेर कित्ताकाट गराउन दियो ? किन कटान र डुबान हुने ठाउँमा प्लटिड गरेर बेचविखन गराएर घर निर्माण गर्न िदने र चारकिल्ला पास गराएर राजस्व संकलन गर्ने काम गरयो ? किन भोट माग्ने बेलामा डुबान र कटानको समस्या समाधान गरिदिन्छौ बनेर वाचा गरेर अहिले उल्टै उठीबास लगाउन खोजिरहेको ? भन्दै आक्रोश व्यक्त्त गरिरहेका छन । राज्यमा सबै नागरिक समान अधिकारको दावेदार रहेको र दिगो धेरै विनाश गराएर थोरैको विकास दिगो विकास होइन भन्दै बरु जोखिममा परेकाहरुका लागि धेरै र पहिले लगानी गर्नुपर्ने माग गरिरहेका छन ।
हुन पनि विपत्तीले भन्छ अरे , ‘म बाजा बजाउदै आउँदिन है आफै बेलैमा सुरक्षित भएर बस ।’ अनि विपत्त कार्ययोजनाले पनि भनेको छ , ‘विपद आउनु अगाडी नै समाधान खोज्नुपर्छ र त्यो आन्तरिक मामिलाको जिम्मेवारी स्थानिय , प्रदेश र पालिका तीनै तहका सरकारको हो ।’ तर ‘हामी ठूलो विपदमा पर्छौ हाम्रो घरजग्गा मात्र नभएर जिउधनपनि डुवान र कटानको उच्च जोखिममा पर्ने भयो’ भनेर बेलैमा जानकारी गराइरहँदा प्रभावित बासिन्दालाई पालिका उल्टै ‘गोहीको आँसु ठान्दै’ विकास विरोधी भनेर हप्काउदै बल प्रयोग गरेर भएपनि काम फत्ते गरेरै छाडने उल्टो चेतावनी दिइरहेको छ । ा
सबैले प्रस्ट बुझनुपर्ने के हो भने मोरडको बुढीगगा १ टंकीचौक पुर्व ,संघिय सरकारको एक करोड लगानीमा सडक विभागले चालु बर्ष मापदण्ड अनुसार एकातर्फ २९५ दशमलव ६ मिटर र अर्कोतर्फ २९७ मिटर आरसीसी डे«न (नाला) र एउटा कल्भर्ट (निकास पैनी) सहितको करिब आधा किलोमिटर सडकको बार मात्र निर्माण गर्दैछ । थप बजेटपरेमा मात्र सडक अर्को बर्ष कालोपत्रे र विस्तार पनि होला ? यही कुराको गलत व्यवस्था गरेर खदरा र सिँघिया प्रभावित क्षेत्रका बासिन्दाले विकासको विरोध गरेर भनेर गलत हल्ला व्यापक बनाउन थालिएको छ ।
तर पालिकाले चाँही विना विकल्प डुवानमुक्त्त बहानामा विना सरकारी योजना निजी लगानी प्रयोग गरेर निजी जग्गा उकास गराउन उपभोक्त्ता समिति मार्फत बषौदेखी उत्तरबाट बगेर आउने बाढीको पानी दुई किलोमिटर पुर्व उत्तरहुदै खदरा खोला मार्फत सिँघिया नदीमा मिसाउदैछ र त्यसको असरप्रभाव के के ककस्लाई पर्छ ? भन्ने ख्याल गरिएको छैन । ज्ञातै छ ,ठूला भारतीय लगानीको उद्योग ‘आरती स्ट्रिप’ वारपार निर्माण भएकोले त्यहाँ पानीको निकास बषौेदखी थुनिएको हो । तर पालिकाले बाढीको दिगो निकासका लागि योजना बनाएर सार्वजनिक गरेकै छैन । बरु विकल्पहरु हुदाहुदै दबाब र प्रभावले गहिरो नाला मात्रै निर्माण गरेर खदरा मार्फत सिँघियामा बाढी मिसाउन लागेको छ । यसैले प्रभावित क्षेत्रमा बस्दै आएका गरिब , सिमान्तकृत , सुकुम्बासी र दलितहरु विरोधका लागि एक भएका हुन । मापदण्ड अनुसारको नाला र सडक बनाउनका लागि उनीहरु कसैलेपनि विरोध गरेका छैनन र गर्नेछैनन । प्रस्टहोस ः विकास भनेको पहुँचवालाहरुको मात्र हो निर्धा निमुखाहरुले चाँही सबै सहनै पर्छ भन्ने दिन अब गए । बुढीगंगा १ खदरा र सिँघियाको प्रभावित क्षेत्रका बासिन्दाहरुको विरोध पनि बाढीको विपद नआवोस भन्नका लागि हो योजना र मापदण्ड अनुसारको दिगो विकासका लागि हुदै होइन ।
View : 104
Copyright © 2023 -2025. Sri Khabar. All Rights Reserved